• Saturday 25th of July 2026

ट्रम्पद्वारा कोरोनाभाइरससँग जुध्न ५० अर्ब डलरको आर्थिक राहतको घोषणा


  • आशाका किरण

वासिङ्टन, २९ फागुन (रासस/सिन्ह्वा) – संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस रोगका कारण आर्थिक नोक्सानी व्यहोर्न बाध्य साना व्यवसायीलाई मद्दत गर्ने गरी थप ५० अर्ब डलरको राहत प्याकेज घोषणा गर्नु भएको छ । राष्ट्रपति ट्रम्पले उक्त प्रस्तावको अनुमोदनका लागि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स समक्ष पेश गर्नु भएको छ । ह्वाइट हाउसको ओभल अफिसबाट राष्ट्रका नाममा बुधबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “यो आर्थिक सङ्कट होइन, कोरोनाको सङ्कट क्षणिक हो र यसलाई सबै मिलेर परास्त गर्न सकिन्छ ।” उहाँले अमेरिकी मजदूर, परिवार र व्यवसायमा कोरोनाभाइरसबाट पुगेको नोक्सानीको विवरण संकलन गर्न र आर्थिक सहायताको खाका तत्काल बनाउन साना व्यवसाय प्रशासनलाई आदेश दिनु भएको छ । सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थ मन्त्रालयलाई पनि कोराना प्रभावित व्यक्ति एवं व्यवसायले कर बुझाउनु पर्ने अन्तिम मिति अप्रिल १५ लाई परिवर्तन गर्न तथा व्याज वा जरिबाना नलिने व्यवस्था मिलाउन पनि निर्देश गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij