• Tuesday 8th of September 2026

भीमफेदी–कुलेखानी सडकखण्ड विस्तारको काम छिटो सक्न मन्त्री रामेश्वर फुयाँलको निर्देशन


  • आशाका किरण

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले भीमफेदी–कुलेखानी सडक विस्तार तथा निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले काम छिटो सकेर जनतामाझ सकारात्मक सन्देश प्रवाह गर्नाका साथै सहजता प्रदान गर्न आग्रह गर्नुभयो । भौतिक पूर्वाधार विकास मन्त्रालयमा आज बसेको सर्वपक्षीय बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । बैठकले भीमफेदी–कुलेखानी हेबी सडकखण्डमा पटके सवारी सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा उक्त सडकखण्डमा केही दिनसम्म पटके सवारी सञ्चालन गरिने र वैकल्पिक बाटो निर्माण भएपछि पूर्णरुपमा सडक अवरुद्ध गरेर सडक विस्तार तथा निर्माण कार्यको थालनी गरिने निर्णय भएको सो मन्त्रालयका सचिव तेजराज भट्टले बताउनुभयो । उहाँका अनुसार भीमफेदी कुलेखानी सडकको विभिन्न स्थानमा निर्माणको काम हुने भएकाले भोलिदेखि बिहान ५ देखि ८ बजेसम्म, दिउँसो ११ देखि १२ः३० बजेसम्म र दिउँसो ३ देखि ८ः३० बजेसम्म बाटो सञ्चालन हुने बताएको छ । उक्त समयभन्दा बाहेकको समयमा पनि विस्तार तथा निर्माणको काम हुने भएकाले सडक अवरुद्ध गराइने भएको बताएको छ । सो बैठकमा यातायात पूर्वाधार निर्देशनालयका प्रतिनिधि, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, मकवानपुरका प्रहरी उपरीक्षक सुशील सिंह राठौर, जिल्ला ट्राफिक प्रमुख विष्णुहरि ढकाल, विभिन्न यातायात क्षेत्रको सरोकारवाला निकायका प्रतिनिधि, ठेकेदार कम्पनीका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij