• Friday 24th of July 2026

कोरोनाबाट विश्वभरीमा ८ हजार ९८२ को मृत्यु (अपडेट)


  • आशाका किरण
A patient in a biocontainment unit is carried on a stretcher from an ambulance arrived at the Columbus Covid 2 Hospital in Rome, Tuesday, March 17, 2020. For most people, the new coronavirus causes only mild or moderate symptoms. For some it can cause more severe illness, especially in older adults and people with existing health problems. (AP Photo/Alessandra Tarantino)

जेनेभा, ६ चैत (रासस/एएफपी) : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म ८ हजार ९८२ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले बुधबार सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी २ लाख २० हजार १९९ जना कोृरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७६९ जना उपचारपछि घर फर्किएका छन् । एक लाख २५ हजार ४४८ व्यक्ति हाल सङ्क्रमित रहेका जनाइएको छ । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ वटा देशमा देखा परीसकेको छ । चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । बिहीबार देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन् । तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण देखा परेको जनाइएको छ । चिनियाँ मूलभूमिमा जनवरीयता ८१ हजारवटा भन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण देखिएका छन् । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी चीन हजार २३७ व्यक्तिको मृत्यु भएको छ भने ८० हजार ८९४ जना सङ्क्रमित रहेका छन् ।

हाल चीनमा कोरोना भाइरसको सङ्क्रमणका नयाँ घटना अधिकांश बाहिरबाट आएका आगन्तुकहरूले ल्याएका जनाइएको छ । कोरोनाभाइरसका कारण विश्वभरि सडक र सार्वजनिक स्थल रित्तिएका छन् । यसैबीच बिहीवार दक्षिण कोरियामा १५२ वटा नयाँ घटनाहरू देखा परेका तर ती मध्ये कति विदेशबाट भित्रिएका हुन् सो भने प्रष्ट भइसकेको छैन् । सिङ्गापुरमा बुधवार ४७ वटा नयाँ सङ्क्रमण देखा परेका छन् जसमध्ये ३३ वटा आयातित थिए । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको सङ्क्रमणबारे बिहीवार साँझ देशवासीका नाममा सम्बोधन गर्ने समाजिक सञ्जाल ट्विटरमार्फत बताउनु भएको छ । भारतमा हालसम्म कम्तीमा १६९ वटा कोरोनाभाइरस सङ्क्रमणका घटना देखा परेका छन् र देशभर सयौँको सङ्ख्यामा मानिसहरूलाई ’सेल्फ आइसोलेशन’ वा ’क्वारन्टीन’ केन्द्रमा राखिएको छ । देशभर विद्यालय र कलेजहरू बन्द गरिएका छन् र धेरै राज्यहरूले भिडभाडमा प्रतिबन्ध लगाएका छन् । तर विज्ञहरूले कोरोनाभाइरस फैलन नदिन भारतले अझ धेरै कदम चाल्नुपर्ने बताइरहेका छन् । हालसम्म भारतमा कोरोनाभाइरसका कारण तीन जनाको मृत्यु भएको भईसेकेको छ ।

पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ३०७ पुगेको छ र त्यहाँ सङक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ । श्रीलङ्कामा ५१ वटा, अफगानिस्तानमा २२ वटा, बाङ्ग्लादेशमा १४ वटा, माल्दिभ्समा १३ वटा, भुटानसङक्रमण हालसम्म देखा परेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij