• Tuesday 8th of September 2026

कोभिड–१९ : चीनको वुहानमा लगातार पाँचौँ दिन पनि नयाँ सङ्क्रमण भेटिएन


  • आशाका किरण
3d illustration pathogenic viruses causing infection in host organism, Viral disease outbreak, virus abstract background.

विश्वमा सबैभन्दा पहिले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चीनको वुहान सहरमा सोमबार लगातार पाँचौँ दिन पनि नयाँ व्यक्तिमा सङ्क्रमण नभेटिएको चिनियाँ स्वास्थ्य अधिकारीले सोमबार बताएका छन् । विश्वभर प्रकोपका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमितको सङ्ख्या विश्वका अन्य मुलुकमा फैलिने क्रम रहेपनि सुरूमा सङ्क्रमणबाट निकै प्रभावित बनेको वुहानमा नयाँ सङ्क्रमण नदेखिएसँगै यहाँका उद्योग तथा कलकारखाना काममा फर्किन थालेका छन् । हुबेई प्रान्तको राजधानी सहर वुहानमा लगातार पाँचौँ दिनसम्म कुनै पनि सङ्क्रमित वा सङ्क्रमणको आशङ्का गरिएका व्यक्ति नदेखिएका कारण यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी मी फङले बेइजिङमा पत्रकार सम्मेलनमा बताउनुभयो ।

वुहानमा सङ्क्रमण फैलिएको सार्वजनिक सूचनासँगै पूर्णरूपमा बन्द भएको सहरमा दुई महिनापछि विस्तारै चहलपहल बढ्न थालेको र अन्य सहरमा पनि नयाँ विरामीको सङ्ख्या नियन्त्रणको अवस्थामा पुगेको मीले बताउनुभयो । यद्यपि नयाँ सङ्क्रमित नभेटिएपनि यहाँ पूर्णरूपमा खतरामुक्त भयो भन्नु अहिल्यै हतार हुने भन्दै नागरिकहरूलाई सचेत बनिरहन उहाँले आग्रह गर्नुभयो । अझै पनि सङ्क्रमण फैलिने खतरा रहेको र पुनः महामारी ननिम्तियोस भनेर स्वास्थ्यकर्मी, नागरिक तथा सरकारी अधिकारीले संयमता अपनाइरहेका छन् । उहाँले रोकथाम र नियन्त्रणका अझै धेरै काम बाँकी रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij