सुदर्शन बजगाई,आशाका किरण समाचार । लकडाउन हुनु भन्दा अघिल्लो दिनसम्म नेपाल स्काउटले कोरोना बिरुद्ध जनचेतनामुलक अभियान चलाएको नेपाल स्काउटले जनाएको छ ।संसारभर महामारीको रूपमा फैलिएको कोरोनाको रोकथाम एवम् जनचेतना जगाउने उद्धेश्यकासाथ नेपाल स्काउटले देशभर २०० भन्दा बढी हात धुने एवम् स्यानिटाईजर स्टेसन स्थापना गरेर सेवा प्रदान गरेको नेपाल स्काउटका प्रमुख लोकबहादुर भण्डारीले बताए । लकडाउन हुनु भन्दा अघिल्लो दिनसम्म नेपाल स्काउटले कोरोना बिरुद्ध जनचेतनामुलक अभियान चलाएको भण्डारीले बताए । अभियानले १० लाख भन्दा बढी जनताले प्रत्यक्ष लाभ लिएको नेपाल स्काउटले जानकारी दिएको छ। नेपाल स्काउटले जोखिम मोलेर ह्यान्ड बाँस स्टेसन सन्चालन गरेको हो । सो अभियान अन्तर्गत नेपाल स्काउटको मतहतमा संचालित कुमारीगाल क्र्युलेपनी काठमाडौंको भत्केको पुलमा स्टेसन सन्चालन गरेको थियो । कुमारीगाल क्र्युका रोभर लिडर सुरज खनालको नेतृत्वमा विश्वनाथ बानियाँ र मेरीना सैंजुको टोलीले हात धुने स्टेसन सन्चालन गरेका हुन्। नेपाल स्काउटले गरेको अभियानमा जनचेतना जगाउने उद्धेश्यका साथ स्टेशन सन्चालन गरेको विश्वनाथ बानियाँले बताए । प्रत्यक्ष लाभ लिएका लाभग्राहिले स्यानिटाईजरको हाहाकार भएको बेलामा नेपाल स्काउटले उदाहरणीय काम गरेकोले धन्यवाद ब्यक्त गरे । हेर्नुस फोटो/भिडियो :


फोटो /भिडियो : सुदर्शन बजगाई – आशाका किरण मिडिया
