• Tuesday 8th of September 2026

आदेश उल्लङ्घन गर्ने ६८ पक्राउ, एक हजार गाडी नियन्त्रणमा


  • आशाका किरण
3f]8f3f]8L, !! r}t M sf]/f]gf efO/;sf] ;Defljt hf]lvdaf6 aRg ;/sf/n] dªunaf/b]lv u/]sf] ns8fpgsf] ;dodf s}nfnLsf] ;'v8df rnfOPsf ;jf/L ;fwgnfO{ lgoGq0fdf lnb} k|x/L . t:jL/ M k|sfz ld>÷/f;;

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ । सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरुलाई मुलुकका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएकोृ छ । प्रहरीका अनुसार कैलालीबाट ३१, कपिलवस्तुबाट १४, रुपन्देहीबाट सात, झापाबाट चार, सुनसरीबाट चार, पर्साबाट तीन, सिरहाबाट दुई, कञ्चनपुर दुई र धनुषाबाट एक गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । आदेश विपरीत सञ्चालन गरेका एक हजार ५७१ सवारीसाधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबारे सम्झाइबुझाइ गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij