• Tuesday 8th of September 2026

कोभिड– १९ : नवलपुरमा १९ श्ययाको आइसोलेशन तयार


  • आशाका किरण
cfO;f]n];g jf8{ bdf}nL, # r}t M tgx'Fsf] z'Snfu08sL gu/kflnsf–% a]nrf}tf/fdf /x]sf] lhkL sf]O/fnf /fli6«o Zjf;k|Zjf; pkrf/ s]Gb|df lgdf{0f ul/Psf] cfO;f]n];g sIf . ljZje/ km}lnPsf] sf]/f]gf efO/;sf] zªsf:kb la/fdLsf] pkrf/sf nflu s]Gb|df @) zoofsf] cfO;f]n];g sIf :yfkgf ul/Psf] 5 . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा सम्भावित कोरोना भाइरसका बिरामीको उपचार गर्न जिल्लाका विभिन्न ६ स्थानमा १९ श्ययाको आइसोलेशन कक्ष तयार पारिएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार जिल्लाको विनयी त्रिवेणी गाउँपालिका र हुप्सेकोट गाउँपालिकाबाहेकका सबै स्थानीय तहमा ती कक्ष तयार गरिएको हो । मध्यविन्दु जिल्ला अस्पतालमा तीन , प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा दुई र प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा तीन श्ययाको आइसोलेशन कक्ष रहेका छन् । त्यस्तै गैँडाकोटको पितौजी स्वास्थ्य चौकीमा तीन, बौदीकाली गाउँपालिकाको डेढगाउँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चार र बुलिङटार गाउँपालिकाको बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्रमा चार श्ययाको आइसोलेशन कक्ष सञ्चालन गरिएको हो तयारी अवस्थामा रहेका छन् ।

आवश्यकता परेको खण्डमा आइसोलशन कक्ष र श्यया थप गरिने उहाँले जानकारी दिनुभयो । ६ स्थानकै आइसोलेशन कक्षमा व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहित कोरोना उपचारका लागि आवश्यक पर्ने औषधिजन्य सामग्री पठाइएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij