सुदर्शन बजगाई,आशाका किरण समाचार। नेपाली सेनाको भैरव बहान गुल्म र थिमी नगरपालिकाको संयुक्त प्रयासमा थिमी क्षेत्रमा कोरोना रोकथामको लागी किटनाशक औषधि छर्किने काम सम्पन्न भएको छ। कोरोना भाइरस सङ्क्रमण तथा नियन्त्रण गर्न किटनाशक छर्किने काम गरिएको हो।मध्यपुर थिमी नगरपालिकाभित्र पर्ने लोकन्थली, कौशल्टार, गठ्ठाघर, सानोथिमी, नगदेश, बोदे, तिगनी, निकोसेरा, राधेराधेण्लगायतका क्षेत्रमा किटनाशक छर्किएको थियो।नगरका मुख्य सडकहरूमा किटनाशक छर्किने काम गरिएको थियो। आफ्ना नगरलाई सुरक्षित बनाउन किटनाशक छर्किने काम पछिल्ला दिन देशका धेरै ठाउँमा सुरू भएको छ। यसैक्रममा मध्यपुर थिमीले पनि गरेको हो।नेपालमा हालसम्म ५ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छ। यीमध्ये १ जनालाई उपचारपछि निको भइसकेको छ भने बाँकी ४ जना उपचारत छन्।
हेर्नुस् फोटो फिचर :

