• Tuesday 8th of September 2026

इजरायली प्रधानमन्त्रीमा कोरोना संक्रमण देखिएन


  • आशाका किरण
Israeli prime minister Benjamin Netanyahu at a press conference about the coronavirus COVID-19, at the Prime Ministers office in Jerusalem on March 11, 2020. Photo by Flash90 *** Local Caption *** ביבי ראש הממשלה בנימין נתניהו יעקב ליצמן שר הבריאות קורונה וירוס מגפה משרד הבריאות

तेलअभिभ, १८ चैत (रासस–एएनआई) –– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन् । तर, प्रधानमन्त्री नेतन्याहू क्वारेन्टाइनमै बस्ने हुनु भएको छ । प्रधानमन्त्री नेतन्याहूका सल्लाहकार र उहाँका पतिलाई अघिल्लो दिन स्वास्थ्य परीक्षण गर्दा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । स्वास्थ्य परीक्षणको नतिजा प्राप्त भएसँगै देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले इजरायली जनतालाई एउटा उदाहरण प्रस्तुत गर्नकै लागि पनि आफू स्वेच्छिक क्वारेन्टाइनमा बस्न लागेको बताउनु भएको छ । ठट्यौली शैलीमा प्रधानमन्त्री नेतन्याहूले भन्नुभएको छ, “क्यामेराम्यान साथीहरुले पनि छ मिटर टाढैबाट मेरो दैनिकीलाई पछ्याउनु भएको छ ।” इजरायली स्वास्थ्य मन्त्रालयले सोमबार देशभर संक्रमण पुष्टी भएका व्यक्तिको संख्या ४ हजार ६९५ पुगेको जनाएको छ । पछिल्लो एक दिनमा थप १०० जनामा संक्रमण देखिएको पनि मन्त्रालयले स्पष्ट गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij