• Tuesday 8th of September 2026

स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा ८६४ मृत्यु


  • आशाका किरण
TOPSHOT - Mortuary employees wearing face masks burry the coffin of a COVID-19 coronavirus victim at Fuencarral cemetery in Madrid on March 29, 2020. - Spain confirmed another 838 deaths in 24 hours from coronavirus , a new daily record bringing the total number of deaths to 6,528, according to health ministry figures. The number of confirmed cases in Spain has now reached 78,797 -- after the one-day increase of 9.1 percent -- as the country battles the world's second most deadly outbreak after Italy. (Photo by BALDESCA SAMPER / AFP)

२० चैत (रासस÷एएफपी): स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा ८६४ मृत्यु भएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ को महामारीबाट एकै दिनमा स्पेनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या यो सब भन्दा बढी भएको समाचारमा जनाइएको छ । स्पेनमा १ लाख ४ हजार ११८ कुल सङ्क्रमित भएका छन् भने, नौ हजार ३८७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ६४७ निको भएर फर्किएका छन् । यसैगरी इटालीमा एक दिनमा ७२७ मृत्यु भएको छ । इटालीमा केही दिनयताको तुलना कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्यामा केही कमी आएको छ । यसैबीच फ्रान्समा पनि एकै दिनमा ५०९ मृत्यु भएको छ । फ्रान्समा पनि कोरोना भाइरसको सङ्क्रमण शुरु भएयताको नै यो सब भन्दा बढी सङ्ख्या हो । युरोपमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघिसकेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुर्टेरसले कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताउनु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij