• Tuesday 8th of September 2026

इजरायलका स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण


  • आशाका किरण
YAAKOV LITZMAN

तेल अभिभ, २० चैत (रासस–एएफपी) –– इजरायलका स्वास्थ्य मन्त्री र उहाँकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयले दुबै जना अहिले सरकारी निर्देशिका बमोजिम “आइसोलेसन”मा रहनु भएको बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहकर्मी ७१ वर्षीय याकोभ लिजम्यान यसअघि प्रधानमन्त्री नेतन्याहूले कोरोनाभाइरससँग सम्बन्धित ब्रिफिङ गर्दा प्रधानमन्त्रीका साथ उपस्थित रहने गर्नुहुन्थ्यो । तर लिजम्यानले हालैका साताहरुमा सार्वजनिक कार्यक्रमबाट आफूलाई अलग राख्न थाल्नु भएको थियो । मन्त्री लिजम्यानको साटो पछिल्लो समय स्वास्थ्य सेवा महानिर्देशकले सरकारका कदमहरु बारे जानकारी गराउनु हुन्थ्यो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij