• Tuesday 8th of September 2026

कोरोना विरुद्धको लडाईमा कोही एक्लो छैन–प्रधानमन्त्री मोदी


  • आशाका किरण

२१ चैत (रासस÷एनआई) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताउनुभएको छ । भारतमा लकडाउनको घोषणा भएको आज नवौँ दिन भारतीय जनतालाई सम्बोधन गर्दै उहाँले सो भनाई राख्नुभएको हो । उहाँले भन्नुभयो– कोरोना भाइरस विरुद्धको लडाईमा भारत पनि एक्लो छैन र भारत भित्र पनि कोही नागरिक एक्लो छैन । उहाँले यस महामारीका विरुद्धमा लड्न विश्वका सबै देशका नागरिक जस्तै एक अर्ब ३० करोड भारतीय नागरिक पनि एक साथ रहेको भनाई राख्नुभएको हो । सबै नागरिकले घरैमा बसेर महामारीबाट बाँच्न सकिने भन्दै यस महामारीको सबैभन्दा उत्तम उपचारको विधि पनि यही भएको धारणा सो सम्बोधनका क्रममा राख्नुभयो । भिडियो सन्देशमार्फत भारतीय नागरिकलाई गर्नुभएको सम्बोधनका क्रममा उहाँले भन्नुभयो– हामी सबैजना घरमै छौँ तर यो कोरोना भाइरसका बिरुद्ध हामी कसरी लड्न सक्छौँ होला भन्ने तपाईहरुलाई लाग्न सक्छ तर यो लडाईँमा कोही एक्लो छैन, सबै भारतीय नागरिक एक आपसमा साथ रहेका छन् ।

उहाँले विश्वको यति ठूलो जनसङ्ख्या भएको देश भारतीयहरु सबैजना घरमा कसरी रहन सकेका छौँ भन्दै यसले विश्वमा धेरै ठूलो उदाहरण पनि प्रस्तुत गरेको बताउनुभयो । यतिखेर भारतीय नागरिकले प्रदर्शन गरेको धैर्यता नै विश्वका अरु देशका लागि पनि उदाहरण भएको भन्दै यो महामारीलाई पूर्ण रुपमा नहराउँदासम्म हामीहरु सबैजना घरमै बस्नेछौँ भन्नुभयो । प्रधानमन्त्री मोदीले अहिले हामी अप्ठेरो अवस्थामा भए पनि भोलिका दिनमा छिट्टै नै अध्यारो अवस्थाबाट उज्यालोतर्फ लाग्ने आश्वासन दिनुभयो । काम गरी खाने मजदुर वर्गलाई यो अवस्थाले अप्ठेरो बनाएको भए पनि उहाँहरुलाई केही सहयोगको कार्यक्रम ल्याइएको भन्दै आगामी दिनमा हामी सबै उज्यालोतर्फ प्रवेश गर्ने दिन पनि छिट्टै नै आउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij