• Tuesday 8th of September 2026

कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा चीनमा मौनधारण


  • आशाका किरण
People wearing face masks mourn patients and medical staff killed by coronavirus during a nationwide three minutes silence along a business street in Beijing on April 4, 2020. - China came to a standstill to mourn patients and medical staff killed by the coronavirus, with the world's most populous country observing a nationwide three-minute silence. (Photo by LEO RAMIREZ / AFP)

२२ चैत (रासस÷एएनआई) : चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिवार विहान मौनधारण गरिएको छ । स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको थियो । मौनधारणमा सहभागीहरुले मृतकको सम्मान र सम्झना गरेको अधिकारीहरुले जनाएका छन । मौनधारणका बेला सबै सवारी साधनहरु जहाँको तहिँ रोकिएका थिए भने, राष्ट्रिय झण्डा झुकाइएको थियो । मौनधारण कार्यक्रम चीन बाहिर रहेका कुटनितिक निकायहरुमा समेत गरिएको थियो । यस कार्यक्रममा करौडौ व्यक्ति सहभागी रहेको समाचारमा जनाइएको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा ३ हजार ३२६ व्यक्तिको मृत्यु भईसकेको छ ।

यस भाइरसको कारण अझै पनि ८१ हजार भन्दा बढी व्यक्ति अझै पनि सङ्क्रमित रहेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा १४ जना स्वास्थ्यकर्मीले पनि ज्यान गुमाएका छन् । श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउने नौलो संक्रमण फैलिएको पत्ता लगाउने चिकिसक लि बेन्लियाङको पनि सोही संक्रमणका कारण मृत्यु भएको थियो । चीनमा दिवङ्गत मान्छेको सम्झना गरिने चिन्मिङ पर्वको अवसर पारेर सरकारले मौनधारण कार्यक्रम तय गरेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij