• Friday 24th of July 2026

केर स्टामर लेबर पार्टीको नेता, कोर्बिनको बिदाई


  • आशाका किरण

लन्डन, २४ चैत (रासस–एएनआई) –– बेलायतको प्रमुख विपक्षी लेबर पार्टीले आइतबार केर स्टामरलाई पार्टीको नेता चयन गरेको छ । पार्टीभित्रको झण्डै चार महिनाको चुनावी दौडपछि स्टामर पार्टी नेता चुनिनु भएको हो । यसअघि पार्टीको नेतामा जेरेमी कोर्बिन रहनु भएको थियो । गत डिसेम्बरको आमनिर्वाचनमा बोरिस जोन्सनको नेतृत्वमा रहेको कन्जरभेटिभ्स पार्टीले बहुमत ल्याएपछि कोर्बिनले पदबाट राजीनामा दिनुभएको थियो । डिसेम्बरको चुनावमा लेबर पार्टीको हार अहिलेसम्मकै सबैभन्दा कमजोर रहेको थियो ।

नवनिर्वाचित स्टामर बेलायतका अधिकारवादी वरिष्ट अधिवक्ता रहनु भएको छ ।

उहाँले शनिबार भएको पार्टीको अन्तिम मतदानमा ५६.२ प्रतिशत मत प्राप्त गर्नु भएको थियो । उहाँलाई रेबेका लङ–बेली र भारतीय मूलका सांसद लिसा नन्दीले चुनौती दिनु भएको थियो । चुनावमा एन्जेला रेनर स्टामरको उपनेतामा चुनिनु भएको छ । सुधारवादी मानिने ५७ वर्षीय स्टामरले यसअघि सन् २०१६ मा छायाँ आप्रवास मन्त्रीबाट राजीनामा दिनु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij