• Saturday 25th of July 2026

भारतमा २४ घन्टामा ४० को मृत्यु, १ हजार ३५ नयाँ संक्रमित


  • आशाका किरण
A patient under respiratory assistance is escorted to the Strasbourg University Hospital by members of the medical staff of the SAMU-SMUR emergency services who wear protective suits and facemasks, in Strasbourg, on March 16, 2020 during a COVID-19 outbreak hitting Europe. - French president will speak on television at 8:00 (Paris time) on March 16, 2020 to announce new measures to fight the growing coronavirus epidemic, said the Elysee. The balance sheet of the epidemic climbed to 127 dead and 5,423 confirmed cases in France. (Photo by Patrick HERTZOG / AFP)

२९ चैत (रासस÷एएनआई) : भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ १ हजार ३५ जना नयाँ संक्रमित थपिएको बताइएको हो । शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको संख्या ७ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार विहानसम्म ७ हजार ४४७ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ । पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । शुक्रबारजस्तै शनिबार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै पाइएको छ । गएको २४ घन्टामा यहाँ ४० जनाको ज्यान गएको सो मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २३९ पुगेको भारतका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

महाराष्ट्रमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या १ हजार ५७४ जना पुगेको शनिबार बिहान प्राप्त समाचारमा जनाइएको छ । महाराष्ट्रमा मात्र ११० जनाको ज्यान गएको बताइएको छ । यहाँका १८८ जना उपचारपछि घर फर्र्किएका छन् । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । ती मध्येका धेरै संक्रमितहर बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् । यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका संक्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ६३४ जना संक्रमित भने उपचार पछि निको भएर घर फर्र्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ६ हजार ५६५ जना कोरोनाका संक्रमित विरामी अस्पतालमा छन् ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३९ जना पुगेको पुष्टि भारतको स्वास्थ्य मन्त्रालयले गरेको छ । महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या शनिबार बिहानसम्म ९११ पुगेको छ । यीमध्ये २५ जना उपचारपछि घर फर्र्किएका छन् । यस राज्यमामात्र गएको २४ घन्टायता १३ जनाको ज्यान गएको छ । त्यसपछिका बढी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका संक्रमितको संख्या ९३० रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यसैगरी राजस्थान, तलंगना र छत्तीसगढमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij