• Saturday 25th of July 2026

आइसोलेसनमा रहेका तीनलाई कोभिड–१९ सङ्क्रम


  • आशाका किरण

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन भारतीयमा नागरिकमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । आइसोलेशनमा राखिएका २१ जनामध्ये तीन जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयले अपडेट गरेको सूचनाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चैत २९ गते पुनःपरीक्षण गरिएकामा तीन जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शङ्कास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यसमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषलाई कोभिड–१९ को शङ्का लागि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

उनीहरुसमेत ‘थ्रोट स्वाब’ किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परीक्षण गरिएको थियो । उक्त परीक्षणमा २१ जनामध्ये शङ्कास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुनःएकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । कोभिड–१९ सङ्क्रमितको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी ‘कन्ट्र्याक ट्र्यासिङ’ भइरहेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij