• Tuesday 8th of September 2026

पश्चिमाञ्चल अस्पतालमा सेनिटाइजर टनेल


  • आशाका किरण
lrKn]9'Ëf, * j}zfvM ??????????? ????????? ???????? ????????? ???? kf]v/f :jf:Yo lj1fg k|lti7fgsf] k"j{kl§sf] u]6df /flvPsf] :jrflnt ;]lg6fOh/ 6g]nsf] ;f]daf/ k|ltlglw;ef ;b:o tyf k"j{:jf:YodGqL vu/fh clwsf/Ln] z'ef/De kl5 dGtJo lbFb} k|f]u]l;e OlGhlgo;{ P;f]l;P;g u08sLn] ;f] ;]lg6fOh/ 6g]n lgdf{0f u/]/ k|lti7fgsf pks'nklt 8f a'l4axfb'/ yfkfnfO{ x:tfGt/0f ug{'ePsf] xf] . t:jL/M hd'gfjiff{ zdf{÷/f;;

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सेनिटाइजर टनेल जडान गरिएको छ । कोभिड–१९को जोखिम न्यूनीकरणका अस्पतालको पूर्वपट्टिको प्रवेशद्वारमा आज स्वचालित सेनिटाइजर टनेल जडान गरिएको हो । प्रोग्रेसिभ इन्जिनीयरिङ एशोसिएसन गण्डकीले तयार गरेको सो सेनिटाइजर टनेल प्रतिनिधिसभा सांसद एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापालाई हस्तान्तरण गर्नुभएको थियो । सो टनेलले स्वचालित रूपमा काम गर्छ । मान्छे टनेलमा प्रवेश गर्नेबित्तिकै स्वचालित रूपमा सेनिटाइजर स्प्रे हुने गर्छ । एक व्यक्तिलाई स्प्रे गर्दा करिब ६० एमएल सेनिटाइजर खर्च हुने र टनेलमा रहेको २०० लिटर ट्याङकले तीन हजार ४०० जनालाई स्प्रे गर्न पुग्ने एशोसिएसन गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष महेन्द्रबहादुर गोदारले जानकारी दिनुभयो ।

टनेलले होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने बताउँदै उहाँले अस्पतालमा भीडभाड हुने भएकाले अस्पतालमा जडान गरिएको बताउनुभयो । स्वचालित सेनिटाइजर टनेल बनाउँदा रु एक लाख ५० हजार खर्च भएको बताइन्छ । टनेल निर्माण संयोजक एवं प्रोग्रेसिभ इन्जिनीयरिङ एशोसिएसनका सचिव सुरेश तिमिल्सिनाले राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित युवा वैज्ञानिक विकल्प ढुङ्गाना, इन्जिनीयरहरु सुलव तिमिल्सिना, सुनिल दाहाल, टेक कटुवाल, बाबुराम भण्डारी, धु्रर्व भट्टराई र विप्लप पोखरेलले चार दिनमा दुई वटा टनेल तयार गरेको जानकारी दिनुभयो । निर्माणमा संलग्नसमेत रहनुभएका इन्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराका सहायक क्याम्पस प्रमुख सुनिल दाहालले लकडाउनमा महानगरपालिकाको कार्यशालामा सामान व्यवस्थापन सहज हुने भएकाले कार्य अगाडि बढाइएको बताउनुभयो ।

प्रोग्रेसिभ इन्जिनीयरिङ एशोसिएएनले नेपाल इन्जिनीयरिङ एशोसिएसन र पोखरा महानगरपालिकाको समन्वयमा महानगरपालिकाको यान्त्रिक कार्यशालामा टनेल निर्माण गरेको थियो । सांसद अधिकारीले प्रोगेसिभ इन्जिनीयर्स एशोसिएसनले गरेको यो कार्य प्रशंसनीय रहेको बताउँदै इन्जिनीयरले नयाँ खोज र अनुसन्धानमा लागेर कोरोना रोकथाममा प्रविधिको प्रयोगलाई जोड दिन आग्रह गर्नुभयो । प्रतिष्ठानका उपकुलपति डा थापाले सेनिटाइजर टनेलले अस्पतालमा कोरोनाको सङ्क्रमण फैलिन नदिन सहयोग पु¥याउने बताउँदै यसको संरक्षणमा प्रतिष्ठानले ध्यान दिने बताउनुभयो । एशोसिएसनले आइतबार पोखरा महानगरलाई समेत टनेल हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij