• Saturday 25th of July 2026

सबै तहका ४८८ को रिपोर्ट नेगेटिभ


  • आशाका किरण
Test tube with Corona virus name label is seen in this illustration taken on January 29, 2020. REUTERS/Dado Ruvic

भारत र तेस्रो मुलुकबाट चैतको पहिलो सातादेखि जुम्ला जिल्लामा भित्रिएका नागरिकको पहिलो चरणको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यहाँको एक नगरपालिका र सात गाउँपालिकामा ३३९ जनाको पिसिआरबाट परीक्षण र १४९ जनाको रेपिड डाइग्नोष्टिक टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । कोभिड –१९ का सम्भावित सङ्क्रमितका लागि जिल्लाका आठ वटै स्थानीय तहले २६४ शय्याको क्वारेन्टाइन पनि निर्माण गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij