• Saturday 25th of July 2026

तिब्बतबाट भित्रियो स्वास्थ्य सामग्री


  • आशाका किरण

तिब्बत सरकारले गते चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । तातोपानी नाका हुँदै रु आठ करोड ३१ लाख बराबरको उक्त सामग्री आज नेपाल प्रवेश गरेको हो । तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार नेपाल प्रवेश गरेको उक्त स्वास्थ्य सामग्री आजै काठमाडौँ आइपुग्नेछ । अनुदानस्वरुप तिब्बत सरकारले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्रीमा दशदश हजार थान एन–९५ मास्क, टेष्टिङ किट र पिपिइ, एक हजार थान इन्फ्रारेड थर्माेमिटर, दुई थान पिसिआर मेशिन र पचास थान वेट वाइप छन् । तिब्बत सरकार ल्हासाका विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij