• Wednesday 9th of September 2026

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २३ हजार नाघ्यो


  • आशाका किरण
NEW DELHI, INDIA - MARCH 31: A bus driver in a protective suit before ferrying people who took part in a Tablighi Jamaat function earlier this month to a quarantine facility amid concerns of infection, on day 7 of the 21 day nationwide lockdown imposed by PM Narendra Modi to check the spread of coronavirus, at Nizamuddin West on March 31, 2020 in New Delhi, India. (Photo by Ajay Aggarwal/Hindustan Times via Getty Images)

१२ वैशाख (रासस÷एएनआई) : भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २१ हजार नाघेको शुक्रबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ६४८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन.् । शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २३ हजार ७७ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३७ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७१४ पुगेको छ । भारतमा देखिएका यी संक्रमितहरूमध्ये ४ हजार ७४९ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १७ हजार ६१० कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् । शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ६ हजार ४३० जना पुगेको उक्त मन्त्रालय बताएको छ ।

यसैबीच महाराष्ट्रमा २८३ जनाको निधन भएको छ । संक्रमित मध्ये ८४० जना भने निको भएका छन् । महाराष्ट्रपछि दिल्ली र गुजरातमा यस भाइरसको संक्रमण उच्च मात्रामा देखिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार दिल्लीमा २ हजार ३७६ सक्रमित रहेका छन् । संक्रमित मध्ये ८०८ जना निको भएका छन् भने ५० जनाको भने मृत्यु भएको छ । गुजरातमा २ हजार ६२४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये ११२ को ज्यान गएको छ । यसैबीच २५८ जना उपचारपछि घर फर्किएका समाचारमा जनाइएको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ । भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij