• Friday 24th of July 2026

कांग्रेसका वडा अध्यक्ष दिपेन्द्र लामालाई भोका जनतालाई राहत वितरण गर्न नेकपा बौद्धको ५० बोरा चामल सहयोग


  • आशाका किरण
सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल कम्युनिस्ट पार्टी काठमाडौं महानगरपालिका वडा नम्बर ६  को कमिटिले कामनपा ६ नम्बर वडा कार्यालयलाई वडा अध्यक्ष  दिपेन्द्र लामा मार्फत ५० बोरा चामल र केही थान मास्क र पन्जा हस्तान्तरण गरेको छ । सरकारले भने अनुसार एकद्वार प्रणालीअनुसार राहत जनतामा पुगोस भनेर वडा कार्यालयलाई राहत हस्तान्तरण गरेको नेकपा बौद्धका नेता अमृत बास्कोटाले आशाका किरण मिडियालाई बताए ।
सो राहत सामाग्री एक कार्यक्रमका साथ वडा कार्यालय बौद्धमा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा नेकपाका नेता स्याम खतिवडा,कुमार लामा,याेगेन्द्र ढकाल ,हरीवाेल वाेगटी, रघुनाथ भण्डारी ,लक्ष्मी श्रेष्ठ,राजेन्द्र गजुरेल र बुद्धि गम्भीर थापा लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij