• Wednesday 9th of September 2026

अमेरिकाको लस एन्जलसमा सबै नागरिकलाई निशुल्क कोविड १९ को परीक्षण गरिने


  • आशाका किरण

१८ वैशाख (रासस÷एएनआई) : संयुक्त राज्य अमेरिकाको लस एन्जलस शहरका सबै नागरिकलाई निःशुल्क रुपमा कोविड १९ भाइरस परीक्षण गरिने भएको छ । यसरी शहरका सबै नागरिकलाई निःशुल्क रुपमा परीक्षण सेवा प्रारम्भ गर्ने लस एन्जलस नै पहिलो शहर भएको बताइएको छ । उक्त नगरका मेयर एरिक ग्यारेक्टीले सो विषयमा बुधबार जानकारी दिनुभएको हो । उहाँले लस एन्जलस नै यसरी कोविड १९ को नियन्त्रणका विषयमा पहल गर्ने पहिलो नगर भएको बताउनुभएको छ । उहाँले आफ्नो ट्वीटर अकाउन्टबाट यहाँका सबैजना बासिन्दा अमेरिकी नागरिक तथा आप्रवासी समेतलाई स्वास्थ्य परीक्षण गराइने जानकारी दिनुभएको हो । उहाँले पहिलो प्राथमिकता यस्तो लक्षण देखिएका नागरिकलाई दिइने भए पनि सबैको स्वास्थ्य परीक्षण गरिने जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

Coronavirus Antibody Tests Are Getting Takers, But the Benefits ...

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij