• Tuesday 8th of September 2026

गजेन्द्र खवाहाङ् लिम्बुद्वारा चार परिवारलाई घरभाडा छुट


  • आशाका किरण
काठमाडौं : विश्वभर फैलिएको माहामारी कोरोनाभाईरस (कोभिड–१९)का कारण विभिन्न मानिसहरु अलपत्र अवस्थामा रहेका छन् । त्यसलाई मध्यनजर गर्दै तेह्रथुमका गजेन्द्र खवाहाङ् लिम्बुले मजदुरी गरी बस्ने चार परिवारलाई एक महिनाको सम्पूर्ण सेवा सुविधा छुट गर्ने भएका छन् ।काठमाडौं महानगरपालिका वडा नं ६ सरस्वतिनगरमा रहेको घरमा बसोबास गर्ने दुई परिवारलाई गरि ३३ हजार रुपैया बरावरको भाडा छुट गर्ने भएका हुन् । विगत दुई दशकदेखि ब्रिटिस आर्मीमा कार्यरत लिम्बूले आफ्नो घरमा बस्दै आएका मजदुर परिवारलाई पानी, बत्ती, वाईफाई र फोहोरको समेत एक महिनाको शुल्क नलिने भएका छन् । दैनिक जिवनयापन गरि भाडामा बस्नेलाई सहजहोस् भनि आफूले एक महिनाको भाडामा छुट गरेको बताएका छन् ।नेपाल सरकारले गरेको अनुरोधलाई समेत ध्यानमा राखी मजदुरहरुलाई सहज होस् भन्ने मुख्य उदेश्यले भाडा छुट गरेको बताएका छन् । आफू मात्र नभएर नेपाल भरी घर भाडामा लगाएर बस्नेहरुलाई समेत आफुलाई समस्या नपरे सम्पुर्णलाई भाडा छुट गराउन समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij