• Wednesday 9th of September 2026

अमेरिकी न्यायाधीश जिन्स्बर्ग अस्पताल भर्ना


  • आशाका किरण
WASHINGTON, DC - FEBRUARY 10: U.S. Supreme Court Justice Ruth Bader Ginsburg participates in a discussion at the Georgetown University Law Center on February 10, 2020 in Washington, DC. Justice Ginsburg and U.S. Appeals Court Judge McKeown discussed the 19th Amendment which guaranteed women the right to vote which was passed 100 years ago. (Photo by Sarah Silbiger/Getty Images)

वासिङ्टन, २४ वैशाख (रासस–एपी) –– अमेरिकी सर्वोच्च अदालतकी न्यायमूर्ति रूथ बडर जिन्स्बर्गलाई मंगलबार पित्ताशयमा पथरी (ढुंगा) देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तर उहाँले बुधबार टेलिफोनबाट अदालतको सुनुवाईमा भाग लिनु हुने सर्वोच्च अदालतले जनाएको छ । ८७ वर्षीया न्यायाधीश जिन्स्बर्गको बाल्टिमोरस्थित जोन्स हप्किन्स अस्पतालमा बिना शल्यक्रिया पित्ताशयको पथरीको उपचार गरिएको अस्पतालले जनाएको छ । सर्वोच्च अदालतका अनुसार हाल अस्पतालमा आराम गरिरहनु भएकी जिन्स्बर्गलाई एक वा दुई दिनपछि डिस्चार्ज गरिने छ । जिन्स्बर्गले सोमबार र मंगलबार टेलिफोन मार्फत अदालतको सुनुवाईमा भाग लिनु भएको थियो ।

उहाँको चार पटक क्यान्सर रोगको उपचार गरिएको छ । हालसालै गत अगस्टमा पेटको ट्युमरको लागि रेडिएसन गरिएको थियो । विभिन्न रोगसँग लडिरहे पनि यी उदारवादी वयोवृद्ध न्यायाधीशले सन् १९९३ देखि अर्थात विगत २७ वर्षदेखि सर्वोच्च अदालतमा निरन्तर सेवा गरिरहनु भएको छ । उहाँलाई तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले नियुक्त गर्नु भएको थियो । कोरोना महामारीका कारण अमेरिकी सर्वोच्च अदालतमा पनि हाल टेलिफोन मार्फत मुद्दाहरुको सुनुवाई हुने गरेको छ । जिन्स्बर्गले आफूलाई स्वास्थ्य अवस्थाले साथ दिएमा ९० वर्षको उमेरसम्म सर्वोच्च अदालतमा सेवा गर्ने बताउनुभएको छ । संयुक्तराज्य अमेरिकामा सर्वोच्च अदालतमा आजीवन न्यायाधीश हुन सक्ने संवैधानिक प्रावधान रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij