• Wednesday 9th of September 2026

आज थप ६३ सांसदको थ्रोट स्वाब सङ्कलन


  • आशाका किरण
:jfa k/LIf0f sfo{qmd sf7df8f}F, @^ j}zfvM ;+3Lo ;+;b ejg gofF afg]Zj/df z'qmaf/ :jfa k/LIf0fsf nflu nfda4 eP/ a;]sf ;f+;b . t:jL/ M rGb|snf If]qL÷/f;;

सङ्घीय संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि बिहीबार र शुक्रबार गरी कूल २७५ सांसदको ‘थ्रोट स्वाब’ को नमूना सङ्कलन गरिएको छ । सांसद तथा कर्मचारीमा कोभिड–१९ भए÷नभएको निक्र्योल गर्न बिहीबार प्रतिनिधिसभाका १७९ राष्ट्रियसभाका ३३ गरी २१२ सांसद र २२९ सङ्घीय संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकको स्वाब सङ्कलन गरिएको थियो ।

आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० गरी थप ६३ सांसदको स्वाबको नमूना सङ्कलन गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो । सङ्घीय संसद्को छैटौँ अधिवेशन आज अपराह्न ४ बजे बस्दैछ । कोभिड–१९को परीक्षणका लागि ५४ सांसदको स्वाबको नमूना लिन अझै बाँकी रहेको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij