• Wednesday 9th of September 2026

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार


  • आशाका किरण
x]lnsK6/af6 lj/fdL sf7df8f}F n}hfFb} unsf]6, @ h]7 . cToflws /Qm>fj ePsL afun'ª gu/kflnsf–!! /fo8fF8fsL @* jifL{of ;'T]s/L kljqf yfkf du/sf] yk pkrf/sf nflu x]lnsK6/af6 sf7df8f}+l:yt lqlj lzIf0f c:ktfn n}hfg tof/L . wf}nflu/L c~rn c:ktfndf z'qmaf/ laxfg yfkfsf] zNolqmof u/L afnssf] hGd ePkl5 /Qm>fj ePsf] lyof] . t:jL/Mv]d/fh uf}td÷ /f;;

अत्यधिक रक्तश्राव भएकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बागलुङ नगरपालिका–११ रायडाँडाकी २८ वर्षीया पवित्रा थापामगरको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ लगिएको छ । मगरले आज बिहान शल्यक्रियामार्फत धौलागिरि अस्पतालमा छोरा जन्माए पनि अत्याधिक रक्तश्रावका कारण थप उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पताल पठाइएको धौलागिरि अञ्चल अस्पताल बागलुुङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो । थापाले शल्यक्रियामार्फत बच्चा निकालिए पनि रक्तश्राव नरोकिएपछि काठमाडौँ रेफर गर्नुपरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij