• Friday 24th of July 2026

१४ वर्षीय बालकमा डेङ्गु सङ्क्रमण


  • आशाका किरण

गोरखाको भीमसेन थापा गाउँपालिका–१ मसेलमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । मसेलस्थित खागिथोकका १४ वर्षीय बालकमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका महामारीसम्बन्धी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिनुभयो । बालकलाई अत्यधिक ज्वरो आएपछि चैत ६ गते अस्पताल भर्ना गरिएकामा डेङ्गुको शङ्का लागेर परीक्षण गर्दा सङ्क्रमणको पुष्टि भएको उहाँले बताउनुभयो । सङ्क्रमित बालकको सम्पर्कमा आएका अन्यमा भने डेङ्गु रोगको लक्षण नदेखिएको उहाँको भनाइ छ ।

वैशाख ३१ गते बालकलाई डेङ्गु सङ्क्रमणको पुष्टि भएको अर्यालले बताउनुभयो । स्वास्थ्य कार्यालय गोरखाले थप व्यक्तिमा अहिलेसम्म सङ्क्रमण नदेखिए पनि सचेतता अपाउन भने सबैलाई आग्रह गरेको छ । गोरखा जिल्लामा पछिल्लो समय डेङ्गुको सङ्क्रमण देखिन थालेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij