• Wednesday 9th of September 2026

रोल्पामा जम्मा ९६० आरडिटी किट मात्र


  • आशाका किरण

जिल्लामा दुई हजार ९६० आरडिटी किट आइपुगेको छ । जिल्लामा यसअघि विभिन्न क्वारेन्टिनमा बसेका आठ हजारभन्दा बढी परीक्षणविना नै घर फर्किएका थिए । घर फर्केका आठ हजारभन्दा धेरै र रोल्पामा अरु प्रवेश गर्नेहरुबाट पनि जोखिम उत्तिकै भएकाले जिल्लामा आवश्यकताभन्दा दुईतिहाइ किट कम आएको छ । स्वास्थ्य सुरक्षा र सञ्चारकर्मीको आरडिटी गर्नुपर्ने भए तापनि जिल्लामा किट थोरै मात्र भएकाले परीक्षण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । “नौ हजारभन्दा धेरैको आरडिटी परीक्षण गर्नुपर्ने हो, सङ्घ, प्रदेशसँग समन्वय गर्दा पनि किट पाउन सकिएन’ ढकालले भन्नुभयो । जिल्लामा किट अभावमा अहिलेसम्म क्वारेन्टिनबाट फर्केका कसैको पनि आरडिटी गर्न नसकिएको जनाइएको छ । उपलब्ध किट पछिल्लो समय कोरोना प्रभावित भारत र नेपालका विभिन्न स्थानबाट आएकामध्ये लक्षण देखिएकालाई आरडिटी गर्न शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले बताउनुभयो ।

रोल्पामा जिल्ला बाहिरबाट आएका आठ हजार १२१ जना क्वारेन्टिनमा बसेर घर फर्किएका छन् । जिल्लामा भित्रिएकामध्ये अझै २८४ विभिन्न स्थानीय तहको क्वारेन्टिनमा बसिरहेका छन् । घर फर्केकामध्ये १६० जनाको मात्र आरडिटी गरिएको छ । बाँकी आठ हजार २४५ लाई सामान्य जाँच मात्र गरेर घर पठाइएको छ । रोल्पामा हालसम्म आठ हजार ४०५ जनाको आरडिटी गर्नुपर्ने देखिएको छ । सबै स्थानीय तहले आरडिटी किट अभावमा विनापरीक्षण घर पठाइएको जनाएका छन् । रोेजगारीका सिलसिलामा जिल्ला बाहिर दाङ, रुपन्देही, कपिलवस्तु, बाँके, कास्की, पाल्पा, काठमाडौँलगायत ठाउँमा रही जिल्ला प्रवेश गरेकालाई स्थानीय सरकारले १४ दिन क्वारेन्टिनमा राखेर घर पठाएका हुन् । क्वारेन्टिनमा बसी घर फर्केका सबैको आरडिटी गर्नुपर्ने भए पनि किटका अभावमा सामान्य जाँच गरी घर फर्काइएकाले केहीमा कोरोना लक्षण देखिने हो कि भन्ने त्रासमा स्थानीयवासी रहेको थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij