• Wednesday 9th of September 2026

भारतको अवस्था झन् डरलाग्दो बन्दै, कोरोना भाइरस बाट संक्रमितको संख्या १ लाख १८ हजार नाघ्यो


  • आशाका किरण
Policemen stand guard as people shop during lockdown to prevent the spread of new coronavirus in Prayagraj, India, Saturday, April 25, 2020. As governments around the world try to slow the spread of the coronavirus, India has launched one of the most draconian social experiments in history, locking down its entire population, including an estimated 176 million people who struggle to survive on $1.90 a day or less. (AP Photo/Rajesh Kumar Singh)

९(जेठ ९रासस÷एएनआई) : भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १८ हजार ४४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ५८३ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ४८ हजार ५३३ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ६६ हजार ३३० जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ४१ हजार ६४२ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १३ हजार ९६७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १२ हजार ९०५ संक्रमति रहेका छन् । दिल्लीमा ११ हजार ६५९ जना कोरोना संक्रमित रहेका छन् । राजस्थानमा ६ हजार २२७ कोरोना भाइरस संक्रमण रहेको छ भने ३ हजार ४८५ निको भएका छन् । यस संक्रमणको कारणको १५१ जनाको मृत्यु भएको छ ।

मध्य प्रदेशमा ५ हजार ९८१ कोरोना भाइरस संक्रमण रहेको छ भने, २ हजार ८४३ निको भएका छन् । यस संक्रमणको कारणको २७० जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा ५ हजार ५१५ कोभिड –१९ को संक्रमण रहेका छ र केरलामा ६९० जनमा संक्रमण देखिएको छ । लदाखमा ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जम्मु र काश्मिरमा १ हजार ४४९ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । भारतमा करिब दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ ।

भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको छ । प्रधान मन्त्री नरेन्द्र मोदी थप योजनासहित चौथो चरणको लकडाउन शुरु भएको बताउनु भएको छ । चौथो चरणको लकडाउन आगामी मे ३१ सम्म लागू हुने बताइएको छ । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij