• Friday 24th of July 2026

कराँची जेलमा मात्रै तीन सय कोरोना सङ्क्रमित


  • आशाका किरण

१० जेठ (रासस÷एएनआई)) : पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै तीन सय भन्दा बढी बन्दी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारीहरु जानकारी दिएका छन् । शनिबार सार्वजनिक भएको विवरण अनुसार क्षमताभन्दा बढी कैदी राखिएकाले पनि धेरै जनामा सङ्क्रमण फैलिएको बताइएको छ ।कारागारका अधिकारीहरुले सङ्क्रमित र सङ्क्रमण नभएका कैदीहरुलाई अहिले छुट्टा छुट्टै राखिएको जानकारी दिएका छन् ।

चाडो चाडै सङ्क्रमण फैलिएको देखिएपछि अहिले अस्पतालका सवै कैदी, सुरक्षाकर्मी, प्रशासनिक कर्मचारीलगायतको पनि कोरोना परिक्षण गरिएको छ । कारागारमा पहिलो सङ्क्रमित यही मे ११ तारिखका दिन पुष्टि भएको थियो । त्यसपछि अरु केही व्यक्तिहरुमा देखिएको थियो । अहिले त्यो दिनप्रतिदिन बढ्दै गइरहेको पाइएको छ । शनिबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट ५२ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij