• Wednesday 9th of September 2026

आइतबारको तुलनामा सोमबार संक्रमितको संख्यामा केही कमी


  • आशाका किरण
2B94KND Cremona, Italy. 23rd Mar 2020. Cremona. Cremona Hospital Intensive Care for the most serious patients infected with the COVID19 Coronavirus virus doctors during the administration of drugs for therapy (Carlo Cozzoli/Fotogramma, Cremona - 2020-03-23) p.s. la foto e' utilizzabile nel rispetto del contesto in cui e' stata scattata, e senza intento diffamatorio del decoro delle persone rappresentate Credit: Independent Photo Agency Srl/Alamy Live News

१३ जेठ (रासस–एएनआई) : भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता आइतबारको तुलनामा सोमबार संक्रमितहरु केही कमी देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५३५ जना संक्रमित भेटिएका हुन् । यस अघिल्लो दिन ६ हजार ९७७ जना संक्रमित भेटिएका थिए । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ४५ हजार ३८० पुगेको छ । त्यसैगरी भारतमा विगत २४ घण्टामा १४६ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ४ हजार १६७ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij