• Wednesday 9th of September 2026

रसियामा कोरोना संक्रमण उच्चतम विन्दुमा पुगेको राष्ट्रपति पुटिनको भनाई


  • आशाका किरण
GRANSEE, GERMANY - AUGUST 18: Russian President Vladimir Putin speaks at Schloss Meseberg palace on August 18, 2018 in Gransee, Germany. (Photo by Xander Heinl/Photothek via Getty Images)

मस्को, १४ जेठ (रासस–एएनआई) –– रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको मंगलबार घोषणा गर्नु भएको छ । राष्ट्रपति पुटिनले विज्ञहरुको भनाईमा रसियामा कोरोनाभाइरस संक्रमणले उच्चतम विन्दु पार गरेको बताउनु भएको रसियाली रक्षामन्त्री सर्गेइ सोइगुले जानकारी दिनुभएको छ ।

रसियाली स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार रसियामा कोरोना संक्रमितको संख्या तीन लाख ६२ हजारभन्दा बढी छ भने तीन हजार ८०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमितको संख्या ५७ लाख नाघेको छ भने मृत्यु भएका व्यक्तिहरुको संख्या पनि तीन लाख ५० हजारभन्दा बढी भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij