• Saturday 25th of July 2026

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १ लाख ५८ हजार नाघ्यो


  • आशाका किरण
Medical professionals issue modules to members of the media before getting tested for COVID-19 coronavirus as part of an ongoing nationwide screening for media professionals during a government-imposed nationwide lockdown as a preventive measure against the coronavirus, at the C.V. Raman Government Hospital in Bangalore on April 25, 2020. (Photo by Manjunath Kiran / AFP)

१५ जेठ (रासस÷एएनआई) : भारतमा बुधबार एकै दिनमा ६ हजार ५६६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ५८ हजार ३३३ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार ५३१ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ६७ हजार ९९२ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ८६ हजार ११० जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ५६ हजार ९४८ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १८ हजार ५४५ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १५ हजार १९५ संक्रमति रहेका छन् । दिल्लीमा १५ हजार २५७ जना कोरोना संक्रमित रहेका छन् । भारतमा दुई महिना भन्दा बढी समयदेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ ।

कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो ।

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij