• Saturday 25th of July 2026

कोरोना भाइरसबाट विश्वमा ३ लाख ४९ हजारको मृत्यु ५५ लाख संक्रमित


  • आशाका किरण

१५ जेठ (रासस ÷एएनआई) : गत २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ५ हजार ५८१ जनाको मृत्यु भएपछि विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ४९ हजार ९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । गत २४ घण्टामा ८४ हजार ३१४ जनाको संक्रमति विश्व भरी थपिएपछि संक्रमितको संख्या ५४ लाख हजार ८८ हजार ८२५ पुगेको डब्लुएचओले जानकारी दिएको हो ।चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरसले उत्तर र दक्षिण अमेरिकालाई अत्यन्त प्रभावित बनाएको छ । यहाँ २४ लाख ९५ हजार ९२४ जना संक्रमति रहेका छन् भने, १ लाख ४५ हजार ८१० जनाको मृत्यु भएको छ ।

युरोपमा २० लाख ६१ हजार ८२६ संक्रमित रहेका छन् भने, १ लाख ७६ हजार २२६ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १६ लाख ३४ हजार १० जनामा कोरोना भाइरस संक्रमण रहेको जनाइएको छ । विश्व स्वास्थ्य निकायले कोरोना भाइरसको गत मार्च ११ मा विश्व महामारीको नाम दिइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij