• Wednesday 9th of September 2026

कोरोना भाइरसबाट विश्वमा ३ लाख ७४ हजार भन्दा बढीको मृत्यु, ६२ लाख ७८ हजार संक्रमित


  • आशाका किरण

१९ जेठ (रासस ÷एएफपी) : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार १५७ पुगेको छ भने, संक्रमितको संख्या ६२ लाख ७८ हजार ४०५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार सोमबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २८ लाख ५२ हजार ७६१ जना निको भएका छन्. । विश्वभरीमा ३० लाख ५१ हजार ४८७ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् । हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ४०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ३७ हजार १७० जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ६ हजार १९५ व्यक्तिको मृत्यु भएको छ । दक्षिणमा अमेरिकामा ८ लाख ७८ हजार ४७७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४० हजार १११ को मृत्यु भएको छ । युरोपमा २० लाख २९ हजार १८८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७३ हजार ९०३ को मृत्यु भएको छ । एसियामा ११ लाख ४१ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३० हजार ८५९ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ४८ हजार ९६४ जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने, ४ हजार २४५ जनाको मृत्यु भएको छ ।

यो पनि हेर्नुहोस :

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij