• Wednesday 9th of September 2026

उच्च पहाडमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कम– अनुसन्धान


  • आशाका किरण

१९ जेठ (रासस–एएनआई) : उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम हुने पाइएको हो । अमेरिकी पत्रिका वासिङ्टन पोष्टले सो अध्ययनको समाचार दिएको छ । उक्त समाचारअनुसार यस अध्ययनमा अष्ट्रेलिया, बोलिभिया, क्यानाडा र स्वीट्जरल्याण्डका अनुसन्धानदाताहरुले सो अनुसन्धान गरेका हुन् । उनीहरुले बोलिभिया, इक्वेडर र तिब्बतको अध्ययन गरेका थिए ।

सो अनुसन्धानबाट समुद्री सतहबाट कम उचाइमा रहेका ती अरु देशको तुलनामा तिब्बतका मानिसमा कोरोनाको प्रकोप कम रहेको पाइएको हो । तिब्बत उच्च हिमाली क्षेत्रमा पर्दछ । अन्यत्रको तुलनामा तिब्बतका नागरिकमा संक्रमणको दरमा तीन गुणाले कमी पाइएको छ । उनीहरुले मार्च २३ देखि अप्रिल ३ सम्मका समुद्री सतहबाट कम उचाइमा रहेका सहरहरु र तिब्बत तथा यस्तै उच्च पहाडी इलाकाका सहरका ४ लाख २० हजार स्थानीय नागरिकसँगको अन्तरवार्ताबाट यो तथ्य पत्ता लगाएका हुन् ।

यो पनि हेर्नुहोस :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij