• Wednesday 9th of September 2026

तीन पाकिस्तानी आतंककारी मारिएको भारतीय सेनाको भनाई


  • आशाका किरण
Pulwama: Security personnel during an encounter with militants in Chowduri Bagh area of Jammu and Kashmir's Pulwama district, on Jan 8, 2019. One militant was killed. (Photo: IANS)

१९ जेठ (रासस–एएनआई) : पाकिस्तानका तीन जना तालिमप्राप्त आतंकवादी जम्मु काश्मिरको सीमा क्षेत्रमा मारिएका भारतीय सेनाले जनाएको छ । भारतीय सेनाले गरेको आतंककारी विरोधी कारबाहीका क्रममा भारत र पाकिस्तानी सीमा क्षेत्र लाइन अफ कन्ट्रोलको नसुअरा क्षेत्रमा ती आतंककारी मारिएका भारतीय सेनाले सोमबार जानकारी दिएको हो । भारतीय सेनाले मे २८ देखि सो क्षेत्रमा ठूलो सैन्य संख्याका साथ कारबाही गर्दै आएको छ । सोही कारबाहीकाक्रममा सोमबार शक्तिशाली हतियार बोकि हिँडेका ती आतंककारी मारिएका हुन् । त्यस क्षेत्रमा भारतीय सेनाले घुसपैठ भइ आउने आतंककारीहरुको खोजी अभियानलाई जारी राख्ने पनि जनाएको छ ।

यो पनि हेर्नुहोस :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij