• Saturday 25th of July 2026

भारतमा आँधीको डरले कैयौँ गाउँ खाली गराइयो


  • आशाका किरण
This May 17, 2020, satellite image released by NASA shows Cyclone Amphan over the Bay of Bengal in India. Amphan has intensified into a super cyclone and expected to make a landfall near Sundarbans, south of Kolkata, on Tuesday evening, May 19, 2020. A red alert has been initiated to sea bound fishermen and disaster management teams started evacuating villagers from the sea front. (NASA Worldview, Earth Observing System Data and Information System (EOSDIS) via AP)

२१ जेठ (रासस–एएनआई) : भारतमा फेरि आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको छ । भारतको मुम्बई र सो आसपासका क्षेत्रमा ‘निसर्ग’ नामको आँधी आउने अनुमान गरिएको छ । सो आँधी महाराष्ट्रको तटीय क्षेत्रमा आइपुगेको पनि बताइएको छ । सो आँधी दक्षिणपूर्वी अरब सागरमा विकास भएको भनिएको बताइएको छ । भारतको मौसम विभागले आँधी एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको र केही समयमा मुम्बई र गुजरातको धेरैजसो इलाकामा पुग्ने चेतावनी पनि दिएको छ । विशेषगरी महाराष्ट्र प्रदेशमा आँधीको बढी प्रभाव रहने बताइएको छ । आँधी प्रभावित क्षेत्रमा अहिले सडक तथा रेल यातायात बन्द गरिएको छ । बढी प्रभाव पार्ने अनुमान गरिएका गुजरातका ४७ वटा गाउँ पनि खाली गराएर त्यहाँका हजारौँ मानिसलाई अन्यत्रै सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुम्बइ र गुजरातमा हावाहुरी सहित मुसल्धारे पानी पर्ने चेतावनी यहाँका मौसमविद्हरुले दिएका छन् । उनीहरुको अनुमानका कारण सम्भावित प्रभावित क्षेत्र खाली गराउनुको साथै अन्य सतर्कता अपनाइएको बताइएको छ । यहाँका स्थानीय अधिकारीहरुले ठूलो संख्यामा उद्धारकर्मी तथा सुरक्षाकर्मीहरु खटाइएको बताएका छन् । प्राप्त समाचारमा आज बेलुका आठ बजेसम्म आँधीसहितको वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । स्थानीय प्रशासनहरुले आज राति आठ बजेसम्म र त्यसपछि पनि आज रातिसम्म सम्भावित क्षेत्रका मानिसहरुलाई सचेत रहन भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij