• Wednesday 9th of September 2026

भारतमा शिर्ष आठ कमाण्डरसहित २२ आतंककारी मारिए


  • आशाका किरण
Indian Border Security Force (BSF) soldiers take up positions at an outpost along a fence at the India-Pakistan border in R.S Pora south-west of Jammu on October 2, 2016. India has evacuated thousands of people near the Pakistani border in Punjab state following the military raids on militant posts, which provoked furious charges of "naked aggression" from Pakistan. The move followed a deadly assault on one of India's army bases in Kashmir that New Delhi blamed on Pakistan-based militants, triggering a public outcry and demands for military action. / AFP PHOTO / TAUSEEF MUSTAFA

२८ जेठ (रासस÷एएनआई) : भारतको जम्मु काश्मिरमा शिर्ष आठ कमाण्डरसहित २२ जना आतंककारी मारिएका छन् । भारतीय सुरक्षाकर्मीहरुको चलाएको सुरक्षा कारबाहीका क्रममा पछिल्लो १५ दिनमा उनीहरु मारिएको सुरक्षा श्रोतले जनाएको छ । मुस्लिम धर्मावलम्बीहरुको बाहुल्यता रहेको त्यस क्षेत्रमा मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदका अवसरमा केही दिन अगाडी सुरक्षा कारबाही रोकिए पनि त्यसपछि फेरी सुरु भएको हो । इस्लामिक स्टेट्स (आइएस) का जम्मु काश्मिर कमाण्डर अडिल अहम्मद वामी र लश्कर ए तैवाका शाहिन अहमद थोकरलाई यही मे २५ तारिखका दिन मारिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी अन्य कमाण्डर र लडाकूहरु पनि फरक फरक मितिमा मारिएको सुरक्षा श्रोतले जनाएको समाचारमा उल्लेख गरिएको छ । जम्मु काश्मिरका प्रहरी महानिरिक्षक डिल्बाग सिंहले यस बर्ष अहिलेसम्ममा ८८ जना लडाकू मारिएको यसअघि नै जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij