• Saturday 25th of July 2026

अफगानिस्तानमा बम विस्फोटमा एक जिल्ला प्रमुखसहित पाँचको मृत्यु


  • आशाका किरण
Smoke billows from brush fires in eastern Tijuana, Baja California state, Mexico on June 9, 2020. - Tijuana's Firefighters department report more than 49 brush fires fueled by Santana winds condition in Southern California. (Photo by Guillermo Arias / AFP)

२८ जेठ (रासस÷सिन्ह्वा) : अफागानिस्तानको उत्तरी प्रान्त बाल्खमा मंगलबार भएको बम विस्फोटमा परी एकजना जिल्ला प्रमुखसहित पाँच जनाको ज्यान गएको छ । जिल्ला प्रमुख बाहेकका बाँकी चार जना पनि अफगानिस्तानको सरकार समर्थित लडाकूहरु रहेको बताइएको छ । उत्तरी अफगानिस्तानको सोरतेपा जिल्लाका जिल्ला प्रमुख क्वारी इब्राहिमको ज्यान गएको हो । साथै सो जिल्लाका स्थानीय मिलिसिया चार जनाको ज्यान गएको हो । उनीहरु सरकार समर्थित समूहका लडाकू रहेका थिए । सो बम तालिबान लडाकू समूहले विस्फोट गराएको हो । उनीहरुका विरुद्ध यहाँको सरकारका समर्थित केही समूह सक्रिय रहेकोले तिनका विरुद्धमा उनीहरुले विगतदेखि नै यस्तो खालको हिंसात्मक हमला गर्दै आएका छन् ।

तालिबानको प्रवक्ता जबिउल्लाह मुजाहिदले सो आक्रमणको जिम्मेवारी लिएका छन् । उनले स्थानीय सरकारहरुले लडाकू समूह खडा गरेर तालिबानका विरुद्धमा आक्रमण गर्न भनेकोले सो बम विस्फोट गराइएको बताएका छन् । अफगानिस्तानमा सरकार र तालिबानबीच शान्ति वार्ता हुने भनिएको भए पनि अझै पनि त्यसको सुरुवात भएको छैन । अफगानिस्तानको सरकार, अमेरिका र तालिबानबीच केही महिनाअघि कतारको राजधानी दोहामा तालिबानहरु पनि शान्ति वार्तामा आउने सम्झौता भएको थियो । यसैकारण अफगानिस्तानको सरकारले तालिबानहरुकै मागअनुसार अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने तथा अफगान सरकारले जेलमा रहेका तालिबानलाई मुक्त गर्ने तयारी थालेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij