• Saturday 25th of July 2026

नाइजेरियामा जिहादी आक्रमण, ६९ जनाको मृत्यु


  • आशाका किरण
Soldiers walk on April 30, 2013 in the street in the remote northeast town of Baga, Borno State. Fierce fighting between Nigerian troops and suspected Islamist insurgents, Boko Haram at Baga town in the restive northeastern Nigeria, on April 25, 2013 left dozens of people dead and scores of civilians injured. But the military denied the casualty figures claiming it was exaggerated to smear its image. Meanwhile normalcy has return to the town as residents are going about their normal business. AFP PHOTO/PIUS UTOMI EKPEI

कानो, नाइजेरिया, २८ जेठ (रासस–एएफपी) – नाइजेरियाको उत्तरपूर्वी गाउँमा आतंकवादी समूह इस्लामिक स्टेट्ससँग आबद्ध लडाकूहरुको आक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको नाइजेरियाली सेनाले बुधबार जनाएको छ । हातहतियार र सवारी साधन सहित ठूलो संख्यामा आएका लडाकूहरुले मंगलबार फेलो नामको गाउँमा अन्धाधुन्ध आक्रमण गरेका थिए । एक जना वरिष्ट सैनिक अधिकारीले पशुपालन गर्ने स्थानीय बासिन्दाका शव खुला स्थानमा यत्रतत्र छरिएको जानकारी दिनुभयो । इस्लामिक स्टेट्स समूहसँग आबद्ध लडाकूहरुले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सांघातिक हमला गर्ने गरेका छन् ।

उत्तरपूर्वी नाइजेरियामा एक दशकदेखि जारी अतिवादी इस्लामिक आन्दोलनका कारण ३६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सन् २०१६ मा अर्को इस्लामिक समूह बोको हरामबाट टुक्रिएको पश्चिम अफ्रिकी इस्लामिक स्टेट्स समूहले पनि स्थानीयवासीमाथि निरन्तर आक्रमण गर्ने गरेको छ । यही समूहले विगत २ वर्षदेखि नाइजेरियाली सेनामाथि पनि आक्रमण गरिरहेको छ । पछिल्ला केही महिनादेखि यस समूहले आम नागरिकमाथि सांघातिक आक्रमण गर्न थालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij