• Wednesday 9th of September 2026

बेलायतमा चिनियाँ प्रविधि कम्पनी हुवावेद्वारा प्रचार तिब्र


  • आशाका किरण
The newly inaugurated Huawei Research and Development Centre is seen after the inauguration ceremony in Bangalore on February 5, 2015. The 20 acre Bangalore campus of the Chinese information and communication technology major, which will accommodate close to 5000 engineers, is the largest Research and Development Centre of Huawei outside China. AFP PHOTO / Manjunath KIRAN (Photo by Manjunath Kiran / AFP)

लन्डन, २९ जेठ (रासस–एपी) – बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेका उपकरण प्रयोग गर्ने बारेमा सकारात्मक संकेत देखाएलगत्तै हुवावेले कम्पनीका सामग्रीको विज्ञापनलाई तिब्र बनाएको छ । अमेरिकी ट्रम्प प्रशासनले हुवावेमाथि चौतर्फी घेराबन्दी गरेका कारण पश्चिमी मुलुकमा हुवावेका सामग्री बिक्रीमा कठिनाई उत्पन्न भइरहेको समयमा बेलायतको पछिल्लो संकेतले हुवावे उत्साहित भएको छ । हुवावे चीनको विशाल प्रविधि कम्पनी हो । यसले तिब्र गतिको फाइब–जी दूरसंचार नेटवर्क विकास गर्नुका साथै सस्तो मूल्यमा मोबाइल सेट समेतका विद्युतीय सामग्री उत्पादन र बिक्री गर्दै आएको छ ।

हुवावेको फाइब–जी प्रविधि मार्फत चीनले देशका महत्वपूर्ण सूचनामा पहुँच कायम गर्ने र त्यसको चोरी गर्ने सम्भावना रहेको अमेरिकी आरोप छ । तर हुवावेले अमेरिकी आरोपको निरन्तर खण्डन गरिरहेको छ । हुवावेका कारण चीन र अमेरिकाबीच विवाद समेत भइरहेको छ । यसैबीच क्यानाडाका दुई ठूला दूरसंचार प्रदायक कम्पनीले हुवावेका दूरसंचार उपकरण खरिद नगर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij