• Wednesday 9th of September 2026

भारतमा एकैदिनमा झण्डै ११ हजार संक्रमित, ३९६ को मृत्यु


  • आशाका किरण
Medical professionals issue modules to members of the media before getting tested for COVID-19 coronavirus as part of an ongoing nationwide screening for media professionals during a government-imposed nationwide lockdown as a preventive measure against the coronavirus, at the C.V. Raman Government Hospital in Bangalore on April 25, 2020. (Photo by Manjunath Kiran / AFP)

३० जेठ (रासस÷एएनआई) : भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा करिब ११ हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९५६ जना संक्रमित भएको पुष्टि भएको हो । योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ९७ हजार ५३५ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ३९६ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ४९८ पुगेको छ ।

भारतमा अहिले पनि १ लाख ४१ हजार ८४२ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमण मुक्त भएकाहरुको संख्या १ लाख ४७ हजार १९५ रहेको मन्त्रालयले जनाएको छ ।कोरानाभाइरसको संक्रमण भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिदै आएको छ । महाराष्ट्रमा मात्रै शुक्रबारसम्म ९७ हजार ६४८ जना संक्रमित भएका छन् । दोस्रो स्थानमा तमिलनाडु प्रदेश रहेको छ । यहाँ ३८ हजार ७१६ जना सङ्क्रमित रहेका छन् । यसैगरी दिल्ली राज्यमा ३४ हजार ६८७ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij