• Wednesday 9th of September 2026

कोरोना भाइरसबाट विश्वमा ४ लाख ३९ हजार भन्दा बढीको मृत्यु, ८१ लाख भन्दा बढी संक्रमित


  • आशाका किरण
Medical workers check information as they take swab samples from people to be tested for the COVID-19 novel coronavirus in Wuhan, China's central Hubei province on April 16, 2020. - China has largely brought the coronavirus under control within its borders since the outbreak first emerged in the city of Wuhan late last year. (Photo by Hector RETAMAL / AFP) (Photo by HECTOR RETAMAL/AFP via Getty Images)

२ असार (रासस÷एएफपी) : कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३९ हजार २०४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८१ लाख १८ हजार ९०४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार मङ्गलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४२ लाख ३१ हजार ६४८ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख ४८ हजार ५६ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ५६८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ८२ हजार ९५० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १८ हजार २८३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा १४ं लाख ६३ हजार १६० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६१ हजार ५६२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख १२ हजार ३४१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४६ हजार २१९ जनाको मृत्यु भएको छ । युरोपमा २२ लाख २० हजार ९० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८३ हजार २१५ को मृत्यु भएको छ । एसियामा १६ लाख ५९ हजार ४२२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४१ हजार २७६ जनाको मृत्यु भएको छ । अफ्रिकामा २ लाख ५४ हजार २१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ७९३ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij