• Saturday 25th of July 2026

कोरोनाबाट विश्वभरी चार लाख ६६ हजारको मृत्यु, ८९ लाख सङ्क्रमित


  • आशाका किरण
Pedestrian wearing a face mask walks along Westminster Bridge in front of the Houses of Parliament in London on March 12, 2020. - The British government was expected Thursday to implement the second phase of its plan to deal with the coronavirus outbreak but rejected calls for parliament to be suspended after an MP tested positive. (Photo by Isabel Infantes / AFP) (Photo by ISABEL INFANTES/AFP via Getty Images)

कोरोना भाइरसका कारण आइतबारसम्ममा विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । एएफपीले सङ्कलन गरेको विभिन्न देशका आधिकारीक निकायका अधिकारीहरुले दिएको रिपोर्ट अनुसार कोरोनाभाइरसबाट विश्वभरी चार लाख ६६ हजार ८३९ जनाको मृत्यु भएको हो । त्यसैगरी विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या ८९ लाख २३ हजार ७८ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । विश्वभरी कुल सङ्क्रमितमध्ये ४७ लाख ४३ हजार ८०९ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ । त्यसैगरी ३७ लाख १२ हजार ३७६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ३६ लाख ५७ हजार ८७१ जना जना मध्यम अवस्थामा उपचाररत छन् भने बाँकी एक प्रतिशत अर्थात ५४ हजार ५०५ जना गम्भीर अवस्थामा रहेका छन् ।

पछिल्लो विवरण अनुसार, सवैभन्दा धेरै सङ्क्रमित अमेरिकामै रहेका छन् । अमेरिकामा अहिलेसम्म २३ लाख ३० हजार ५८ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै सङ्क्रमित रहेको ब्राजिलमा भने दश लाख ७० हजार १३९ जना सङ्क्रमित रहेका छन् । सङ्क्रमितको सङ्ख्याका आधारमा तेस्रोमा रुस, चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौँमा पेरु, आठौँमा इटली र दशौँमा चिली रहेका छन् । सवैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म मृतकको सङ्ख्या एक लाख २१ हजार ९८० रहेको छ भने दोस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा ५० हजार ५८ जनाको मृत्यु भएको छ । त्यसैगरी तेस्रो धेरै मानवीय क्षति बेलायतमा भएको छ । जहाँ ४२ हजार ५८९ जनाको मृत्यु भएको छ भने चौथोमा स्पेन रहेको छ । स्पेनमा २८ हजार ३२२ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij