• Wednesday 9th of September 2026

मेक्सिकोमा ७.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प


  • आशाका किरण
Workers shovel papers and debris off the top of the rubble of a building that collapsed in last week's 7.1 magnitude earthquake, at the corner of Gabriel Mancera and Escocia streets in the Del Valle neighborhood of Mexico City, Monday, Sept. 25, 2017. Search teams were still digging through dangerous piles of rubble Monday, hoping against the odds to find survivors after the Sept. 19 quake.(AP Photo/Rebecca Blackwell)

मेक्सिको, १० असार (रासस–एएफपी) –– मध्य अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.४ म्याग्नीच्यूडको भूकम्प गएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । स्थानीय अधिकारीहरुले भूकम्पबाट जोगिन सयौं मानिस घरबाहिर भाग्नुका साथै स्थानीय तेल प्रशोधन कारखाना पनि बन्द गर्नु परेको बताएका छन् । मेक्सिकोको राजधानी मेक्सिको सिटीभन्दा करिब ७०० किलोमिटर टाढाको ओक्जाका शहरका बासिन्दा भूकम्पको मुख्य झड्का र ससाना परकम्पबाट त्रसित बनेका छन् । मृत्यु भएका सबै व्यक्ति यही शहरका बासिन्दा हुन् । उनीहरुलाई भूकम्पका कारण भत्किएको घरले थिचेको थियो । कोरोनाभाइरसको महामारीका कारण शहर बजार बन्द गरेर घरभित्र बस्नु परेका नागरिकलाई भूकम्पले सडकमा ल्याएको स्थानीयबासीको भनाई छ ।

ओक्जाका शहरका ६० वर्षीय फूल बिक्रेता जुआ मार्टिनेजले बजारमा चहलपहल शुरु हुन नपाई भूकम्पले अर्को समस्या थोपरेको गुनासो गर्नुभयो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहभन्दा २३ किलोमिटरमुनि मात्र रहेको थियो । मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले भूकम्प निकै शक्तिशाली भए पनि बन्दरगाह, बिमानस्थल, तेल प्रशोधन केन्द्रहरु र विद्युतगृह जस्ता रणनीतिक पूर्वाधारमा कुनै क्षति नभएको बताउनुभएको छ । मेक्सिकन आयलले ओक्जाकास्थित सालिना क्रुज प्रशोधन केन्द्रलाई पूर्व सावधानीका लागि बन्द गरिएको जनाएको छ ।

भूकम्पका कारण एउटा प्लान्टमा आगो समेत देखिएको कम्पनीले जनाएको छ । यही प्रशोधन केन्द्रमा कार्यरत एक मजदूर माथिबाट लडेर मृत्यु भएको थियो । मेक्सिकन आयलले मुलुकका अन्य रिफाइनरी पूर्ववत रुपमा सञ्चालनमा रहेको जनाएको छ । भूकम्प गएको छ घण्टाको अवधिमा ४.६ म्याग्नीच्यूडसम्मका ४४७ वटा परकम्प गएका अधिकारीहरुले बताएका छन् । भूकम्पबाट भएको जनधनको अरु क्षतिको विवरण संकलन गर्ने तथा उद्धारका कार्यहरु भइरहेको मेक्सिकोको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij