• Saturday 25th of July 2026

बुल्गेरियामा चार दिनदेखि सरकारविरोधी प्रदर्शन


  • आशाका किरण
epa08540704 Bulgarians shout slogans and hold the national flag during a protest in front of the Council of Ministers in Sofia, Bulgaria, 11 July 2020. Thousands of Bulgarians gathered in downtown Sofia for another day in support of President Rumen Radev, who called for "cleansing of power confiscated by the mafia." The Prosecutor's office took over the presidency on 08 July 2020 searching the offices of the president's secretary for legal affairs and anti-corruption Plamen Uzunov and security and defense consultant Iliya Milushev, after which the two were arrested and charged with crimes to limit influence, among others, which led to protests in support of the president. EPA-EFE/VASSIL DONEV

सोफिया, २९ असार (रासस–एएफपी) – पूर्वी युरोपेली मुलुक बुल्गेरियामा चार दिनदेखि लगातार सरकार विरोधी प्रदर्शन जारी छ । प्रदर्शनकारीले मुलुकमा भ्रष्टाचार बढेको जनाउँदै बुल्गेरियाको अनुदारवादी सरकारको राजीनामा माग गरेका छन् । आइतबार राजधानी सोफियामा भेला भएका तीन हजारभन्दा बढी प्रदर्शनकारीले सरकारी मुख्यालयका साथै संसद भवनसम्म नाराजुलुस सहित पैदलयात्रा गरेका थिए । उनीहरुले बुल्गेरियाको वर्तमान सरकार “माफिया” को चंगुलमा फसेको आरोप लगाएका थिए । सरकार विरोधी प्रदर्शन चर्किएसँगै सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षा फौजलाई सरकारी कार्यालयहरु र संसद भवनमा तैनाथ गरिएको छ ।

यसैबीच, राष्ट्रपति रुमेन राडेभका कानुनी मामिला तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धी सचिव एवं सुरक्षा र रक्षा सल्लाहकारलाई पक्राउ गरी उनीहरुका कार्यालयमा छामा मारिएको छ । उनीहरुमाथि राज्यका गोपनीय सूचना चुहाएको आरोपमाथि पनि छानबिन शुरु भएको छ । सरकार विरोधी प्रदर्शन आइतबार देशका अरु दश वटा शहरमा पनि भएको थियो । बुल्गेरियाका राष्ट्रपति राडेभले प्रधानमन्त्री बोयको बोरिसोभका मन्त्रिमण्डलमाथि पनि आक्षेप लगाउने गर्नु भएको छ । उहाँले मन्त्रिपरिषदका सदस्यहरुको चारित्रिक स्थिति कमजोर रहेको बताउँदै आउनु भएको छ । प्रधानमन्त्री बोरिसोभले शनिबार राजीनामा गर्न अस्वीकार गर्नु भएको छ । तर प्रदर्शनमा सहभागीहरुले उहाँको राजीनामाको माग गर्दै दश लाख हस्ताक्षर अनलाइनबाट प्रेषण गरिएको छ ।

संसदमा मुख्य विपक्षी समाजवादी पार्टीले सरकार विरुद्ध आगामी बुधबार अविश्वासको प्रस्ताव दर्ता गरिने बताएको छ । समाजवादीहरुले आफ्नो पक्षमा समर्थन जनाउन अपिल गरेका छन् । शुक्रबारको प्रदर्शन भने केही हिंसात्मक पनि भएको थियो । प्रहरीले १८ जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको थियो जसमा प्रहरीको कुटाईबाट घाइते भएका दुई जनालाई अस्पताल भर्ना गर्नु परेको थियो । प्रदर्शनकारीमाथि दमन गरेको भन्दै शनिबार अझ बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए । युरोपेली युनियनमा आबद्ध भएको तेह्र वर्ष बितेको भए पनि बुल्गेरियाको आर्थिक अवस्था अत्यन्त नाजूक छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले बुल्गेरियामा युरोपेली युनियनमै सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij