• Thursday 10th of September 2026

जापानको अर्थतन्त्र अर्को वर्ष ४.७ प्रतिशत खुम्चिने केन्द्रीय बैंकको भनाई


  • आशाका किरण

टोकियो, ३१ असार (रासस–एएफपी) – जापानको केन्द्रीय बैंकले आगामी वर्ष सन् २०२१ को मार्चसम्ममा जापानको अर्थतन्त्र करिब ४.७ प्रतिशतले खुम्चने जनाएको छ । बैंकले सन् २०२२ मा अर्थतन्त्रमा सुधार भए पनि गहिरो अनिश्चितता कायम रहने पूर्वानुमान गरेको छ । जापानका नीति निर्माताहरुले अर्थतन्त्रमा ५.७ देखि ४.५ प्र्रतिशतसम्म गिरावट आउने बताउँदै आएका थिए । जापानको केन्द्रीय बैंकले कोरोनाभाइरसको दोस्रो लहर आउने खतरा रहेकाले अहिल्यै पूर्वानुमान गर्न कठिन रहेको पनि जनाएको छ ।

बैंक अफ जापानले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, “जापानको अर्थतन्त्र यस वर्षको मध्यपछि सुधार हुन सक्ने देखिएको छ, तर कोरोनाभाइरस नियन्त्रणमा नआए आर्थिक वृद्धिको दर सामान्य मात्र हुनेछ ।” बैंकले विश्व अर्थतन्त्र निरन्तर सुधारको क्रममा हुने अपेक्षा गरिएको बताउँदै जापानको कूल गार्हस्थ्य उत्पादन ३.३ प्रतिशत मात्र हुने जनाएको छ । तर अस्थिरता व्यापक रहेकाले अहिल्यै अर्थतन्त्रको परिस्थिति मूल्याँकन गर्न कठिन रहेको बैंकको भनाई छ । जापानको अर्थतन्त्रलाई सुदृढ बनाइराख्न केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत पनि सम्बोधन गर्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij