• Wednesday 9th of September 2026

आसाममा आएको बाढीका कारण ७६ को मृत्यु, ५४ लाख प्रभावित


  • आशाका किरण

भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ । राज्यका ३० जिल्लामा उनीहरुको मृत्यु भएको र अरु ५४ लाखभन्दा बढी बासिन्दालाई असर परेको अधिकारीहरुले जनाएका छन् । आसाम राज्यको प्रकोप व्यवस्थापन निकायले शनिबार दिएको जानकारी अनुसार शुक्रबारसम्ममा ५३ हजार ९९ हजार १७ जना प्रभावित भएका हुन् ।

प्रभावित भएकाहरुका लागि ५५२ ओटा शिविरहरु पनि स्थापना गरिएका छन् । त्यसैगरी झण्डै साढे दुई लाख हेक्टर जमिनमा लगाइएको कृषिजन्य पदार्थ पनि नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढीका कारण झण्डै ७६ हजार स्थानीय बासिन्दा विस्थापित भएका बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij