• Wednesday 9th of September 2026

इजिप्टको संसदद्वारा लिबियामा सेना पठाउन स्वीकृत


  • आशाका किरण

कायरो, ६ साउन (रासस–एएनआई) – इजिप्टको संसदले मुलुकबाहिर सेना परिचालन गर्ने एउटा प्रस्तावलाई सोमबार स्वीकृति दिएको छ । राष्ट्रपति अब्देल फातेह–अल सिसीले लिबियामा टर्कीको समर्थनप्राप्त सैन्यबल विरुद्ध सैन्य कारबाही गर्ने धम्की दिएलगत्तै संसदले यस्तो निर्णय गरेको हो । संसदद्वारा जारी वक्तव्यमा इजिप्टको राष्ट्रिय सुरक्षा गर्न एवं आपराधिक सशस्त्र लडाकू एवं विदेशी आतंकवादी तत्व विरुद्ध कारबाही गर्ने गरी इजिप्टको सेनालाई देश बाहिर पनि सैन्य कारबाही गर्न सर्वसम्मत निर्णय गरिएको उल्लेख छ ।

इजिप्टको संसदमा राष्ट्रपति अल–सिसी पक्षधरहरुको भारी बहुमत छ । प्राप्त समाचार अनुसार इजिप्टको सेनालाई लिबियाको पश्चिमी मोर्चामा तैनाथ गरिने छ । इजिप्टको पछिल्लो कदमले इजिप्ट र टर्कीबीच पहिलो पटक प्रत्यक्ष गतिरोध उत्पन्न हुने खतरा बढाएको छ किनभने लिबियाको गृहयुद्धमा सक्रिय परस्पर विरोधी दुई समूहलाई इजिप्ट र टर्की दुबैले समर्थन गरिरहेका छन् । इजिप्टसँग युद्धग्रस्त लिबियासँग सहारा मरुभूमिको खुला सीमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij